Breaking News

काठमाडौंमा बलात्कारसम्बन्धी मुद्दाको स‌ंख्या बढ्दो

काठमाण्डौ, १३ चैत्र । काठमाडौं उपत्यकामा बलात्कारसम्बन्धी मुद्दाको स‌ंख्या पछिल्लो समय निकै बढेको छ ।

गत माघ र फागुनमा मात्र उपत्यकामा जबर्जस्ती करणीका ३९ मुद्धा दर्ता भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बलात्कारका घटनामा जाहेरी लिएर आउनेको संख्या बढिरहेको बताए । गत फागुन १ गतेयता मात्र २६ वटा मुद्धा दर्ता भएको एसएसपी पोखरेलले जानकारी दिए ।

त्यस्तै महागनगरीय प्रहरी परिसर गौशालाले ९९ दशमलव ९८ ग्राम तौल रहेको करिब ५ लाख बरावरको सुन वरामद गरिएको उनले जानकारी दिए । सुन तस्कर गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पोखरेलको भनाइ छ । त्यस्तै, हालै मोटरसाईकल चोरी गर्ने १० जनालाई पक्राउ गरिएको छ भने कर्तव्य ज्यान मुद्दामा ६ वटा मुद्दा भएको र सबै आरोपी पक्राउ गरिएको प्रमुख एसएसपी पोखरेलले बताए ।

त्यस्तै केही अवैध लागू औषध कारोबारीहरूलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ ।

shares