Breaking News

उर्जाकाे क्षेत्रमा अमेरिका लगानी गर्न ईच्छुक

काठमाण्डौ १३ चैत्र । अमेरिकी राजदूत अलाइना बी टेप्लिजले अमेरिकी सरकार उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताएकी छिन ।उर्जामन्त्री बर्षमान पुनलाई भेटन सिंहदरवार पुगेकी राजदुत टेप्लिजले  अमेरिका र नेपालको बीचमा बलियो सम्बन्ध रहेको भन्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध सुमधुर रहिरहने बताइन ।

राजदुत टेप्लिजसंगकाे भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको भन्दै अन्तरदेशी प्रशारण लाइन निर्माण उर्जा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

नेपालमा उपयुक्त लगानीको बातावरण बनेको भन्दै त्यसका लागी अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकार तयार रहेको मन्त्री पुनकाे भनाई छ ।

राजदूतसंगको भेटमा मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । 

shares