October 18, 2017

लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस प्यानलै विजयी

काठमाण्डौ, १ जेठ । लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ भारतेमा कांग्रेसको प्यानलै विजयी भएको निर्वाचन अधिकृत यादव प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्षमा कांग्रेसका दरजङ गुरुङ विजयी भएका छन् । उनले ६ सय ३४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरे ।

यस्तै कांग्रेसका महिला सदस्यमा इन्द्रिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा, दिपक अधिकारी सहित प्यानलनै विजयी भएको हो ।