Breaking News

च्यात्तिएको छालालार्इ निको पार्ने ५ घरेलु तरिका

अकस्मात तौलमा आएको परिवर्तन, हरमोन परिवर्तन, यौवनावस्था, गर्भावस्था अनि मांशपेसी बढाउने भारी कसरतलगायत विविध कारणले गर्दा पेट, घुँडा, काखी, पिठ्यूँ र शरीरको अन्य भागको भित्रीछाला ‘डर्मिस’ च्यात्तिने अवस्था आउन सक्छ । यी कारणहरूलगायत छालामा ‘कोलाजेन’ नामक फाइबरको अभावले पनि छाला च्यात्तिने समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

हुन त यसले स्वास्थ्यमा कुनै हानि त पुर्याउँदैन साथै समयसँगै यो दाग हराएर जान्छ । तर पनि यसले शारीरिक सुन्दरतालाई बिगार्दछ । झन् महिलाहरूको त यो सामान्यतया जीवनमा भोगिने समस्या नै हो । उनीहरूले आफ्नो जीवनमा कुनै न कुनै बेला यस्तो समस्याबाट गुज्रिनै पर्ने हुन्छ।

प्राकृतिक खत भईकन पनि कुनै महिलाहरूले यस्तो कुरुपता सहन सक्दैनन् र विकल्पको खोजी गर्न थाल्छन् । कसैले क्रिम लगाउँछन् भने कसैले त सर्जरी समेत गर्छन् । तर क्रिम लगाउनु अनि सर्जरी गर्नु भनेको महङ्गो र हानीकारक तरिका हो । त्यसबाहेक घरमै बसेर प्राकृतिक विधिबाट पनि च्यात्तिएको छालाको खतलाई हटाउन सकिन्छ । घरेलु विधिबाट उपचार गर्दा समय लागेपनि प्रभावकारी र स्वस्थकर अवश्य हुन्छ ।

च्यात्तिएको छालालाई निको पार्ने घरेलु तरिकाहरू:-

१. चिनी
 २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिलाई घोल बनाउनुहोस् ।
 उक्त मिश्रणलाई छालामा भएको दागमा लगाउनुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाज गर्नुहोस् ।
 १० मिनेटपछि त्यसलाई पखाल्नुहोस् । यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।

२. आलु
आलुमा प्रशस्त खनिज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ‘ई’ र ‘के’ ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले-
 आलुलाई काटेर चाना बनाउनुहोस्।
 त्यसलाई दागमा दल्नुहोस्।
 केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस् ।
 दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस् ।

३. सुपारी
सुपारीमा प्रशस्त भिटामिन(ई पाइने भएकोले शरीरका मृत कोषहरूलाई पुनर्जीवित गराउने काम गर्छ । त्यसैले-
 सुपारीलाई १ घण्टासम्म पानीमा भिजाउनुहोस् ।
 ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउनुहोस् ।
 त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्नुहोस्।
 राति यसको लेप लगाएर बिहान उठेर पखाल्नु राम्रो हुन्छ ।
 दाग नहराउञ्जेलसम्म यो विधिको प्रयोग गर्नुहोस् ।

४. घिउकुमारी
घिउकुमारीमा जलनविरोधक गुण हुन्छ । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ । त्यसैले सक्नुहुन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुहोस् । यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ । त्यसलगायत च्यात्तिएको वा तन्किएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउनुहोस् र १०र१५ मिनेटपछि मनतातो पानीले धुनुहोस् ।

५. अण्डाको सेतो भाग
उसिनेको वा काँचै अण्डाको रानीलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ । यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँछ र छाला पुर्रिँदै जान्छ ।

यो पनि पढ्नुहोस्-

कस्ता व्यक्तिले कागती-पानी पिउनु हुँदैन? जानिराख्नुहोस्

खालि पेटमा यस्ता चिज खानु हुँदैन, मन्द विषको काम गर्छ

छालाको जुनसुकै समस्या हटार्इ अनुहारमा चमक ल्याउने १५ उत्कृष्ट तरिकाहरू

shares