Breaking News

मारवाडी क्रिकेट लिग ३ को अाजको खेलमा भद्रपुर मारवाडी युवा मञ्च विजयी

पकंज शर्मा/झापा, १३ चैत्र । विराटनगरमा जारी नेपाल मारवाडी क्रिकेट लिग ३ को मगंलबार भएको खेलमा भद्रपुर मारवाडी युवा मञ्च विजयी भएको छ ।

नेपाल मारवाडी युवा सगंठनद्वारा आयोजित राष्टियस्तरीय खेलमा विराटनगर जुट मिलको मैदानमा भएको खेलमा पहिलो ब्याटिंग गर्दै इटहरी ८५ रनमा अलआउट भएको थियो ।

विपक्षी भद्रपुर मारवाडी युवा मंचको टिमले राम्रो खेलको प्रर्दशन गर्दै ४ विकेटको क्षतिमा १०.१ ओभरमा विजयी लक्ष्य हासिल गरी आफनो टिमलाई विजयी बनाए । भद्रपुर मारवाडी मंचकातर्फबाट ३ विकेट लिएका महेन्द्र आचंलिया म्यान अफ दि म्याच घाषित भए ।

भोलिको खेल विराटनगर च्यालेन्जर र भद्रपुर मारवाडी मंचबीच हुनेछ ।

shares