October 22, 2017

सञ्चारकर्मी तथा संस्कृत भाषाका प्राज्ञ जनार्दन घिमिरेको निधन

काठमाण्डौ, १ जेठ । दोलखाको तीनकिलोमा भएको बस दुर्घटनामा परी घाइते भएका सञ्चारकर्मी तथा संस्कृतका विज्ञ जनार्दन घिमिरेको सोमबार बिहान निधन भएको छ । गत बिहीबार गृहजिल्ला जाने क्रममा दोलखाको तीन किलोमा दुर्घटना हुँदा घिमिरे घाइते भएका थिए ।

घिमिरेको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाण्डौबाट दोलखा जाने क्रममा बा ३ ख ५०५६ नम्बरको बस दुर्घटनामा घिमिरे घाइते भएका थियो भने घिमिरेको बुवाआमाको पनि निधन भएको थियो ।

रेडियो कान्तिपुरका धार्मिक कार्यक्रम सञ्चालक घिमिरे प्राध्यापनका साथै संस्कृत भाषाका विज्ञ समेत थिए ।