Breaking News

गायिका पारुको ‘पानी खुवाउन आउ’ गीत सार्वजनिक (भिडियोसहित)

भानुभक्त बिष्ट/काठमाण्डौ, १३ चैत्र । नव गायिका पारु मानन्धरको गीत सार्वजनिक गरिएको छ । पारुको पहिलो कोशेलीको रूपमा ‘पानी खुवाउन आउ’ बोलको भिडियो सार्वजनिक गरिएको हो ।

उक्त लोक दोहोरी गीतमा पारु मानन्धर र मोहन खड्काको सुमधुर स्वर रहेको छ । नबिन विश्वकर्माको शब्द रहेको उक्त गीतमा लय संकलन भने किशोर विश्वकर्माले गरेका हुन् ।

कपिल लामाले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा सारीका र किशोरले दमदार अभिनय गरेका छन् । भावना म्युजिक सोलुसनले बजारमा ल्याएको गीतमा छायांकन राजेश घिमिरेको रहेको छ भने भिडियो सम्पादन अमर शाक्यले गरेका हुन् ।

भिडियो हेर्नुहोस्-

shares