चट्याङ लागेर एक युवकको मृत्यु

भक्तपुर, १३ चैत्र । चाँगुनारायण नगरपालिका–८ ताथलीस्थित एक इँटाभट्टामा सोमबार चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ ।

चट्याङ लागेर शंकर इँटाभट्टामा काम गर्ने सिन्धुली हरिहरपुर गढी गाउँपालिका–५ का १९ वर्षीय सुरेन्द्र बल तामाङको मृत्यु भएको हो ।

चट्याङमा परी  सुरेन्द्र र मकवानपुर ठोटरी–८ की १६ वर्षीया सन्चरी योन्जन गम्भीर घाइते भएपछि भक्तपुर अस्पताल पुर्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा सुरेन्द्रको मृत्यु भएको छ भने घाइते सन्चरीको उपचार भइरहेको छ ।