Breaking News

शेयर बजार परिसूचक नेप्से अझै अोरालो लाग्दै

काठमाण्डौ, १३ चैत्र । शेयर बजार परिसूचक नेप्सेमा केही समययता अाइरहेको गिरावट अझै रोकिएको छैन ।

सोमबार पहिलो घण्टामा ४० अंकले गिरावट आई दिनभरमा ५२ अंक ह्रास भएकोमा मंगलबार पनि सो घट्दो दर थामिएको छैन ।  बजार खुलेको पहिलो घण्टा अर्थात १२ बजेसम्ममा २१.४१ अंकको ह्रास आएको छ । यो गिरावटसँगै एक हजार १४७ अंकमा झरेको छ ।

यो अवधिमा सम्पूर्ण ‘क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स १.७ अंकले घटेको छ ।  समूहगत उपसूचकतर्फ पनि कुनै उपसूचक उकालो लाग्न सकेको देखिन्न ।

सेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकअन्तर्गतका परिसूचक २७.१३ अंकले ह्रास आएको छ ।  यो अवधिसम्म ९९ कम्पनीले कारोबार गरेको छ भने कुल पाँच करोड ६२ लाख ५३ हजार १८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

shares