Breaking News

दुर्इ सैनिक मृत फेला

इटहरी, १३ चैत्र । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत् कार्यरत् रहेका दुई नेपाली सैनिक मृत अवस्थामा फेला परेपछि शव परीक्षणका लागि ल्याइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखेको र स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बीपी प्रतिष्ठान पुर्‍याइएको बताइएको छ ।

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुलेपनि आधिकारिक रूपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत् ती दुवै व्यक्तिको के–कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रूपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै, ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । – रासस

shares