Breaking News

श्रद्धा कपुरले सलमानको चलचित्रमा काम नगर्ने

मुम्बर्इ, १३ चैत्र । बलिउडकी चर्चित नायिका श्रद्धा कपुरले सलमानको चलचित्रमा काम नगर्ने बताएकी छिन् ।

केही दिनअघि सलमान खान र अली अब्बास जफरले बनाउन लागेका नयाँ चलचित्रमा श्रद्धाले अभिनय गर्ने हल्ला चलेको भएपनि उनले सलमानको चलचित्रबाट त्यस्तो कुनै प्रस्ताव नआएको बताएकी छिन् ।

सलमानको फिल्ममा प्रस्ताव अाएपनि काम नगर्ने बताउँदै श्रद्धाले भनिन्-“मलाई सलमानको कुनै पनि चलचित्रबाट प्रस्ताव आएको छैन । प्रस्ताव आयो भने पनि म सलमानको फिल्ममा काम गर्दिन ।”

व्यस्तताको कारण देखाउँदै श्रद्धाले सलमानको चलचित्रमा काम नगर्ने बताएकी छिन् । हाल उनी ‘साहो’, ‘बत्ती गुल मिटर चालु’ र ‘स्त्री’ गरी तीन चलचित्रमा अहोरात्र काम गरिरहेकी छिन् ।

सलमान खानले श्रद्धालाई १६ वर्षकै उमेरमा पनि चलचित्रको प्रस्ताव राखेका थिए । स्कुलमा आयोजित नाटकमा श्रद्धाले गरेको अभिनयबाट प्रभावित भएका सलमानले गरेको प्रस्तावलार्इ पढाइको कारण देखाउँदै उनले अस्वीकार गरेकी थिइन् ।

त्यसो त सलमानको चलचित्र प्रस्ताव अस्वीकार गर्ने श्रद्धा मात्र पक्कै होइनन् । साएशाले ‘प्रेमरतन धन पायो’ का लागि र कृति सेननले ‘सुल्तान’को लागि गरिएको सलमानको प्रस्ताव अस्वीकार गरेका थिए । – एजेन्सीको सहयोगमा

shares