यस्तो बन्नेछ विश्वकै सबैभन्दा अग्लो भवन

काठमाण्डौ, १३ चैत्र । अमेरिकामा विश्वको सबैभन्दा अग्लो भवन निर्माण गरिने भएको छ ।

सन् २०१० मा दुबर्इमा निर्माण गरिएको बुर्ज खालिफा विश्वको सबैभन्दा अग्लो भवन हो । अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन ।

तर हाल बुर्ज खालिफालार्इ उछिन्ने गरी अमेरिकाको न्युयोर्कमा अग्लो भवन बनिरहेको छ । कीर्तिमानी अग्लो भवन बनाउनका लागि अमेरिकी इन्जिनियरहरूले विश्वलार्इ नै चकित पार्ने किसिमको डिजाइन दिएका छन् ।

बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर रहेको छ । विज्ञहरूले बुर्ज खलिफाभन्दा अग्लो भवन सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने र खतरनाक हुने, हावाको गति तथा दबाब उच्च हुने भएकाले कामदारका लागि काम गर्न गाह्रो हुने, ठूलो मात्रामा भौतिक पदार्थहरु थुप्रिँदा त्यसले जमिनको स्थिरतामा पनि प्रभाव पारेर संरचनालाई कमजोर बताउँदा बताउँदै पनि अमेरिकाका इन्जिनियरहरूले आफ्नो दिमाग लगाएर यी सबै चिजबाट सुरक्षित हुने गरी डिजाइन तयार पारेका छन् ।

त्यसैले दुनियाँको यो सबैभन्दा अग्लो भवनको आकार अंग्रेजी वर्णमालाको अक्षर ‘यु’ आकारको हुनेछ । ‘द बिग बेन्ड’ नाम दिइएको उक्त भवन न्युयोर्कको म्यानहटनमा बन्ने भएको छ । आगामी वर्षसम्म यो भवन तयार हुने जनाइएको छ । अहिले यसको डिजाइनको कार्य पूरा भएको छ । भवनको सबैभन्दा उचाइको यूटर्नमा समेत सजिलैसँग चल्नसक्ने एलिभेटर भवनमा लगाइनेछ ।

यो भवनको डिजाइन विश्व विख्यात इष्ष्य स्टुडियो कम्पनीले गरेको हो । यो कम्पनीले विश्वका विभिन्न चर्चित भवनहरूको डिजाइन गरेको छ । यो यू आकारको भवनको एक फेँददेखि अर्को छेउँसम्मको लम्बाई ४ हजार फिट हुनेछ । -एजेन्सी