Breaking News

किन बोलाए प्रधानमन्त्रीले काठमाण्डौस्थित सबै विदेशी राजदूतलाई बालुवाटार?

काठमाण्डौ, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरूलाई बालुवाटार बोलाएका छन् ।

वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले उनीहरूलार्इ बालुवाटार बोलाइएको हो ।

प्रधानमन्त्री अोलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरूलाई आफ्नो सरकारको नीतिबारे सामुहिक छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरूसँग सामुहिक छलफल गर्ने जमर्को गरेको छ ।

shares