अाफ्नै घरमा १ जनाको हत्या

हेटौंडा, १३ चैत्र । पुर्वी मकवानपुरमा गएराती एकजनाको हत्या भएको छ ।

बकैया गाउँपालिका वडा नंबर ७ निवासी सूर्यबहादुर स्याङ्तानको अाफ्नै घरमा हत्या भएको हो ।

हत्या भएको खबर पाएपछि बकैया वडा नंबर ३ स्थित हात्तिसुडे प्रहरी चौकीबाट तत्काल खटिएको प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेको टोलीले हत्यामा संलग्न भएको अाशंकामा सुर्यबहादुरकी बुहारी ठुलिमाया स्याङ्तान र नातिनि मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई गएराती २ बजेनै जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको पाण्डेले जानकारी दिए । हत्याको कारण हालसम्म खुलेको छैन । हत्या गरिएका सुर्यबहादुरका ५ छोरा छन् । उनीहरूमध्ये २ जना कामको शिलशिलामा विदेशमा छन् भने ३ छोराहरू काठमाण्डौँमा छन् । हत्याको आरोपमा पक्राउ परेकी ठुलिमायाको श्रीमान् भने विदेशमा रहेका छन् ।