Breaking News

सिराहामा एसइई परीक्षामा अनियमितता गर्ने एक केन्द्राध्यक्ष र दुई निरीक्षक पक्राउ

लहान १२ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सोमबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै एक केन्द्राध्यक्ष निस्कासनमा परेका छन ।

कसहा माध्यमिक विधालयका केन्द्राध्यक्ष सुरेश साहले सिट प्लानिंङ्ग अनुसार विधार्थी नराखेको भन्दै परिवर्तन गरेको छ । त्यस केन्द्रमा लहानस्थित पुशपति आर्दश माविका शिक्षक रामकुमार साहलाई केन्द्राध्यक्षको जिम्मेवारीमा खटाएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले वताए ।

अधिकारी महतोले दिएको जानकारी अनुुसार परिक्षा केन्द्रमा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत र सोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई प्रहरी नियन्त्रणमा लिएर शिक्षा ऐनअन्तर्गत कारवाही गरिने जिशिअ महतोले बताए । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको उनले बताए ।

यसअघि परीक्षा शुरु भएकै दिन गत ८ गते मर्या्दित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्मण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्काशन गरिएको थियो । यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै सोही दिन ब्राह्मण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरी नरायण यादवलाई पनि निष्काशन गरिएको थियो ।

सिरहामा बाहिर तयार गरि भित्र जान्छ फल्याप सेटिङ्गमै भइरहेको आरोप

एसईई परीक्षाको तेस्रो दिन सोमबार गणित विषयको परीक्षामा सिरहामा व्यापक अनियमितता भएको पाइएको छ । जिल्लाको मिर्चैया मोहन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुलेआम चिट चोरी भएको पाइएको हो ।

गणित विषयको परीक्षामा उत्तरको फल्याप नै विद्यार्थीको हात हातमा पुग्ने गरेको पाइएको छ । केन्द्रको बाहिरी भागमा व्यापक प्रहरी परिचालन गरिएपनि सेटिङमा चिट परीक्षार्थीसम्म पुग्ने गरेको हो ।

सिरहा जिल्लामा अन्य वर्षको तुलनामा यस वर्ष अर्मायादित बन्दै गएको छ । निजि विधालयहरुको प्रभावमा परि प्रशासनकै मिलोमतोमा परीक्षाकेन्द्रहरुमा खुलेयामा प्रश्नोतर तयार गरी विधार्थीको जाने गरेको छ ।

परिक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि परिक्षा समन्वय समितीले ३८ केन्द्रका लागि ८ वटा परिक्षा अनुगमन समिती वनाएका छन् त्यसमा सञ्चारकर्मी विनाको । तर अनुगमन समितिकै मिलोमतोमा खुलेअाम मोवाइलको भाइवर,भ्यासेन्जर र बाहिर तयार गरि ल्याएको फल्याप छयाप्छ्याती भेटिरहेका छन् ।

निजि विद्यालयहरुले परिक्षामा चिट चोराउनकै लागि मनलाग्दी रकम असुली गरेका छन् । प्रहरी प्रशासनलाई मिलाउनु पर्छ त्यसका लागि अभिभावकलाई नै कन्भिन्स गरेर रकम असुल गरेका छन् ।

भित्र चिट भेटिएपछि एक प्रहरीले आफूहरुले बाहिरबाट केही पस्न नदिएको दाबी गरे । परीक्षा अनुगमनका लागि पत्रकारहरु सो केन्द्रमा पुगेको खबरपछि परीक्षाका निरीक्षकहरुले विद्यार्थीलाई सुचना गराएर झ्यालबाट बाहिर चिट फालेका थिए । तर,परीक्षा केन्द्रका केन्द्राध्यक्ष अशोक यादवले भने परीक्षा मर्यादित र शान्त बातावरणमा भएको दावी गरेका छन् ।

निमित प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भटराईले अनुगमनका लागि पत्रकारलाई यस वर्ष रोक लगाएका थिए । तर केही पत्रकारलाई स्वार्थपुरा गर्नका लागि अनुगमनका लागि पासउपलब्ध गराएको बुझिएको छ ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारलाई निर्वाध रुपमा परिक्षा अनुगमनको वातावरण वनाउनका लागि विज्ञप्ति नै जारि गरेपनि निमित प्रजिअ भटराईले कुनै वास्ता गरेनन तर सेटिङ्ग मिलाउनकै लागि आफना निकटका पत्रकारलाई अनुगमन गर्न अनुमति दिएको प्रति महासंघ सिरहाले आपति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यष मनोज बनैताले भने प्रशासनले परिक्षाको नाममा विधालयसंग मोटो रकम असुल गरेर अर्मार्दित बनाउदै आएको परिक्षाको समाचार लुकाउनका लागि केही आफना निकट पत्रकारलाई पास उपलब्ध गराएको आरोप लागए ।

यदि पास उपलब्ध गराउनु नै थिाये भने पत्रकार महासंघ अधिकारिक निकाय हो त्यो संग समन्वय गर्नुपरथ्यो होइन भने आफनो मनलाग्दी तरिकाले वितरण गरेको पासमा आपति महासंघको छ ।

shares