प्रधानमन्त्रीकाे भ्रमणमा भारतले अरुण तेश्रो र पञ्चेश्वरका विषयमा छलफल अघि बढाउने

काठमाण्डौ १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भ्रमणका अवसरमा भारतले अरुण तेश्रो र पञ्चेश्वर परियोजनाका विषयमा छलफल गर्ने संभावना रहेकाे नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले बताएका छन ।

उर्जामन्त्री बर्षमान पुनलाई भेटन सिंहदरबार पुगेका राजदूत पुरीले अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिएका हुन ।

मन्त्री पुनले राजदुत पुरीलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङका हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेका थिए। हाल नेपालले ४ सय मेगावाट विजुली भारतबाट आयात गरिरहेको छ ।

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई भारतले सहयोग गर्न  अनुरोध गरेका थिए।

तस्वीर: उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काबाट