प्रदेश २ का मर्यादापालकहरू नयाँ पोशाकमा उपस्थित

जनकपुर, १२ चैत्र । प्रदेश २ को संसदमा मर्यादापालकहरू सोमबारबाट नयाँ पोशाक लगाएर उपस्थित भएका छन् ।

दोस्रो संसद बैठकबाट मर्यादापालकको पोशाक सम्बन्धी निर्णय भएपछि सोमबारको बैठकबाट उनीहरू नयाँ पोशाकमा उपस्थित भएका हुन् ।

सोमबारको बैठकमा महिला मर्यादापादकहरूले सेतो सारी, कफी कलरको वन्डी तथा कोट लगाएर उपस्थित भएका छन् भने पुरुषहरूले पनि सोही कलरको कोट, वण्डी  र भाद्गाउँले टोपी लगाएका छन् ।

केन्द्रीय संसदमा मर्यादापालकहरूका लागि दौरासुरुवाल र महिलाहरूका लागि सारी चोलो पोशाक तोकिएको छ । तर, प्रदेश २ मा आफ्नै भेषभुषा अनुसार पोशाक लगाउन पाउने गरी निर्णय गरिएको थियो ।  संसदले कोट र वण्डीको कलर भने एउटै हुनुपर्ने निर्णय गरेको थियो ।

प्रदेश २ को संसदमा ५५ जना मर्यादापालकहरू हुनुपर्नेमा अहिले २५ जना मात्र रहेका छन् ।