बाघको अाक्रमणमा परी एक महिलाको मृत्यु

भानुभक्त बिष्ट/मकवानपुर, १२ चैत्र । मकवानपुरमा बाघको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–७ रमौली प्रतापपुर बस्ने ४१ वर्षीया सरस्वती बर्तौलाको सोमबार घर नजिकै खोलाको बगरमा घाँस काट्न गएको अवस्थामा बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बाघको अाक्रमणबाट मृत्यु भएका बर्तौलाको शव उठाउन भेला भएका गाउँलेहरूमाथि उक्त बाघले पुनः अाक्रमण गर्ने प्रयास गरेको थियो । बाघको दोस्रोपटकको अाक्रमणमा परी रमौलीका राजकुमार अर्याल र अर्का एक जना घाइते भएका छन् ।

घाइतेको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।