Breaking News

कसैलाई एक्ल्याउन नभई भ्रष्टाचार नियन्त्रणका लागि वाम-एकता: प्रधानमन्त्री

काठमाण्डौ, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थीको तालमेल कसैलाई एक्ल्याउन नभई भ्रष्टाचार नियन्त्रणका लागि भएको जिकिर गरेका छन् ।

सोमबार बालुवाटारमा नेपाल चीन सम्बन्ध पुस्तकको विमोचन गर्दै कसैलाई ‘आइसोलेटेड’ गर्न नभई भ्रष्टाचार नियन्त्रण र विकासका लागि वामपन्थीबीच तालमेल गरेको जिकिर गरे । उनले राष्ट्रको आवश्यकता अनुसार नै वाम-एकता हुने पनि बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो संविधान आफैँ बनाउने हैसियतमा नेपाल आइसकेको भन्दै आज नेपालीले नै आफ्नो नीति आफैँ बनाएको उल्लेख गरे । उनले अबको युगको लोकतन्त्र जनतामाथि नियन्त्रण नभएको बताउँदै देशको रक्षा र जनतालाई सेवा सुविधा दिनेमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे ।

सार्वभौमिकताको रक्षा गर्न नेपाल आफैँ गर्न सक्षम भएको भन्दै उनले कसैको हस्तक्षेप स्वीकार्य नभएको धारणा राखे । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सामाजिक सद्भाव रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले चीनसँगको पारवहन सम्झौतापछि समुन्द्रपार व्यापार सम्बन्ध कायम भएको बताउँदै नेपालको परम्परागत परिभाषा फेरिएको जिकिर गरे ।

shares