Breaking News

यौनकर्मी महिलासहित ४ जना पक्राउ 

निरज तामाङ/काठमाण्डौ, १२ चैत्र । यौन व्यवसाय गरेको अारोपमा प्रहरीले एक जना पुरुषसहित ३ जना महिलालार्इ पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डाको एउटा घरबाट यौन व्यवसाय संचालन गरेको अारोपमा दार्चुला मालिकार्जुनका ४१ वर्षीय भिमराज आचार्यसहित ३ जना महिलालार्इ शनिबार पक्राउ गरेको हो ।

यौन व्यवसाय संचालन गरेको सूचना पाएपछि प्रहरीले छापा मार्दा ती ४ जना पक्राउ परेको बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक शर्मिला गुरुङले बताइन् । हाल उनीहरूलार्इ थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको जनाइएको छ ।

shares