Breaking News

हेल्प नेपाल स्पोर्ट्स क्लब खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

बाग्लुङ, १२ चैत्र । हेल्प नेपाल स्पोर्ट्स क्लब खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

चैत्र दशैंको अवसरमा बाग्लुङ बजारमा संचलन भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले कालीगण्डकी रिसोर्ट्लाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रदेश ४ का युवा खेलाडीको बर्चश्र्व रहेको हेल्प नेपालले कालीगण्डकी रिसोर्ट्माथि २५–१४, २५–१२ र २५–१९ को सहज जित निकाल्यो । क्वाटर फाइनल खेलमा हेल्प नेपालले नेबिसंघ बाग्लुङको टिमलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।

मंगलबार सम्पन्न हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने हेल्प नेपाल स्पोर्टस् क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी गराएका छन् ।

shares