Breaking News

र्इयुको प्रतिवेदनप्रति कांग्रेसको अापत्ति

काठमाण्डौ, १२ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । र्इयुको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक रहेको उनले बताए ।

कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको शर्माले बताए । उनले भने, “निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्रभन्दा बाहिर गएको छ । मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ ।”

बैठकमा रमेश लेखकसहितका कांग्रेसी नेताहरूले यूरोपियन युनियनको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए । सोमबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले नेपालको संविधान सिंगै युरोपको भन्दा पनि उत्कृष्ट भएको दाबी गरे ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको छ । नेपाल सरकार, पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसप्रति आपत्ति जनाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नेपालको संविधान, सामाजिक प्रबन्ध र उपलब्धीलाई अवमूल्यन नगर्न युरोपियन युनियनलाई चेतावनी दिएका छन् ।

shares