Breaking News

नयाँ शो लिएर अाए कपिल शर्मा, दर्शकको यस्तो छ प्रतिक्रिया

मुम्बर्इ, १२ चैत्र । लामो समयको अन्तरालपछि कमेडीका बादशाह मानिने भारतीय हास्य कलाकार कपिल शर्मा फेरि टेलिभिजन पर्दामा देखिएका छन् ।

लामो समयपछि कपिलले सोनी इंटरटेनमेन्टमार्फत् अाफ्नो नयाँ शो ‘फ्यामिली टाइम विद कपिल शर्मा’ लिएर सानो पर्दामा फर्किएका हुन् । शर्माको हिजो प्रसारण गरिएको पहिलो कार्यक्रममा अाफूलार्इ भिन्न रूपले प्रस्तुत गर्न खोजेका छन् ।

तर कपिलका फ्यान एवम् अाम मानिसले सामाजिक संजालमार्फत् निराशाजनक प्रतिक्रिया दिएका छन् । पहिलेभन्दा फरक ढंगले कार्यक्रमलार्इ प्रस्तुत गर्न खोजेपनि अपेक्षित मनोरञ्जन भने दिन नसकेको देखिएको छ ।

एक हिसावले उनको स्टारडम र फ्यानफलोइङको बावजूद पनि शो कमजोर साबित भएको छ । पहिलेको तुलनामा खासै मनोरञ्जन दिन नसकेको र उनको यो कार्यक्रमले अाफूलार्इ निराश बनाएको धेरैले प्रतिक्रिया दिएका छन् ।

shares