Breaking News

सडक दुर्घटनामा परी २ को मृत्यु, १ को अवस्था गम्भीर

जागेश्वर यादव/सिरहा, १२ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा मोटरसाइकले साइकललाई ठक्कर दिएर पल्टिंदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सिरहा सुखीपुर ४ महादेव का ३५ वर्षीय राजीव कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका ८ का ३० वर्षीय भुनेश्वर चौधरी र साइकल चालक सुरुङ्गा नगरपालिका ८ का ३० वर्षीय महेश ठाकुर रहेका छन् । घाइते दुबैको सोही अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेको जनाएको छ ।

आइतबार राति साँढे ९ बजे स ९ प १९७७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ । शव पोस्ट मार्टमको लागि लहानस्थित रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको लहान प्रहरीले जनाएको छ ।

घाइते मोटरसाईकल चालकलाई लहानको डिभान हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगरको न्युरो हस्पिटल लगिएको डिभान अस्पतालका डा. चन्द्रशेखर यादवले बताए ।

shares