October 19, 2017

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं १ जेठ  । राष्ट्रियसभा गृहमा बसेकाे सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । महानगरपालिकाको मतगणना वडा नम्बर १ बाट सुरु गरिएको हो । वडा नम्बर १ मा ३३६० मतदाता रहेकोमा २३३२ मत खसेको छ ।काठमाडौं महानगरपालिकामा मेयरमा कांग्रेसका राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्रमान बज्राचार्य, साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीका रञ्जु दर्शना सहितका उम्मेद्वार प्रतिस्पर्धामा छन् ।