Breaking News

लागूऔषधसहित २ जना पक्राउ

काठमाण्डौ, १२ चैत्र । प्रहरीले ३०० थान लागूऔषधसहित लागूऔषध कारोबार गर्ने २ जनालार्इ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरूलार्इ पक्राउ गरेको हो ।

प्रहरीले ताप्लेजुङ आठै त्रिवेणी गाउँपालिका-७  स्थार्इ घर भर्इ हाल काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने २५ वर्षीय लाक्पा शेर्पा र तेह्रुथुमकै लालिगुराँस गाउँपालिका-४ स्थायी घर भएका २१ वर्षे पासाङशेर्पालार्इ पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट एक/एक सय थान नुफिर्न, फेनार्गन र डाइजेपाम फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

shares