Breaking News

पोखरामा ५ वर्षीया बालिकाको हत्या

कास्की, १२ चैत्र । पोखरामा एक पाँच वर्षीया बालिकाको हत्या भएको छ ।

पाल्पा स्थायी घर भर्इ हाल पोखरा लेखनाथ महानगरपालिका-९ बस्ने विना थापाकी छोरी बिहानी थापाको हत्या भएको हो ।

आइतबार साँझ घरबाट खेल्न निस्केकी उनी नफर्केपछि प्रहरीले खोजी गर्ने क्रममा पोखरा सभागृह चोकको पूर्वपट्टीको झाडीमा शव भेटिएको थियो । सिमेन्टको बोरामा भरिएको बालुवाको बोराले छोपेको अवस्थामा शव भेटिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए ।

हत्यामा संलग्न भएको अाशंकामा १४ वर्षीय बालक पक्राउ परेका छन् । खेलौनाको निहुँमा बालिकाको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares