Breaking News

अागलागीमा एक बालकको मृत्यु, लाखौंको क्षति

सुनसरी, १२ चैत्र । कोशी गाउँपालिका– १ लौकहीमा आइतबार राति भएको आगलागीमा जलेर एक बालकको मृत्यु भएको छ ।

अागलागीमा स्थानीय विन्देश्वर मरिकका छोरा १२ वर्षीय सुरज मरिकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट घरमा आगो सल्केपछि अागलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घरमा अागो लागेपछि कोठामा एक्लै सुतेका सुरज भाग्न नसकेको र तत्काल उनको उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा तीनवटा घर जलेको छ भने तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

shares