बेलायती पत्रिकामा विज्ञापन दिंदै जुकरबर्गले मागे माफी

काठमाण्डौ, ११ चैत्र । सामाजिक संजाल फेसबुकका सीर्इअो मार्क जुकरबर्गले एउटा बेलायती पत्रिकामा पूर्ण पृष्ठको विज्ञापन दिंदै हालै चर्चामा रहेको तथ्यांक चोरीको प्रकरणप्रति माफी मागेका छन् ।

जुकरबर्गद्वारा हस्ताक्षरित उक्त विज्ञापनमा भनिएको छ, “यो एउटा विश्वासघात हो । र हामीले समयमै केही गर्न नसकेकोमा क्षमाप्रार्थी छु ।” विज्ञापनमा यस्ता घटनालार्इ रोक्न फेसबुकले के गर्न चाहन्छ भन्नेबारे पनि उल्लेख गरिएको छ ।

केही दिनअघि कसरी अमेरिकी राष्ट्रपतीय चुनावी अभियानको सिससिलामा लण्डनस्थित् भोटर प्रोफाइलिङ कम्पनी क्याम्ब्रिज एनालिटिकाले ५० मिलियन अमेरिकन मतदाताहरूको फेसबुकमार्फत् व्यक्तिगत सूचना चोरी गरेको घटना सार्वजनिक भएको थियो ।