October 19, 2017

ललितपुरको वडा नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी

काठमाडौं, १ जेठ । लतिलपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका निर्मल तण्डुकार विजयी भएका छन ।

तण्डुकार ६९२ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन । उनका प्रत्यासी एमालेका रमेश महर्जनले ५३० र माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत प्राप्त गरेका छन । यस्तै दलित महिला सदस्यमा नयाँ शक्तिकी बिमा कुमारी पोडे निर्विरोध विजयी भएकी छन ।