October 18, 2017

माघ ७ सम्म तीनवटै निर्वाचन सम्प्नन गर्न दलहरु मिल्नै पर्ने सभामुखको भनाई

काठमाण्डौ ३ बैशाख । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेकी छन ।

नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति बैठक उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै  उहाँले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताइन ।

सभामुख घर्तीले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासका लागि दलहरु एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिइन । उनले  व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्नसमेत आग्रह गरिन ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलले उठाएका मागलाई सरकारले सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका नाममा मधेसवादी दलमाथि षड्यन्त्र गरिएको आरोप लगाए ।