Breaking News

दीगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन

मनिता पोखरेल/काठमाण्डौ, ११ चैत्र । डि. ए. भी. कलेजले दीगो विकासका लागि प्रविधि र ज्ञान विषयक दुर्इदिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

चैत १० गतेबाट सुरु भएको दुईदिने सम्मेलनमा अन्तराष्ट्रिय अनुसन्धानकर्ता तथा व्यवस्थापन विषयका विशेषज्ञहरूको सहभागितामा दीगो विकासका लागि प्रविधि र ज्ञान विषयमा वृहत अन्तक्रियाको आयोजना गरिएको थियो ।

अन्तराष्ट्रिय स्तरमा हुने गरेको विकासलाई प्रविधिको विकासका कारण हरेक मुलुकले पछ्याउन सक्ने अवसर सिर्जना भएकाले ज्ञान र सीपको साटासाट आवश्वयक रहेको सहभागीहरूको प्रतिक्रिया छ ।

फ्रान्स, चीन, भारतसहित नेपालबाटसमेत मुख्य चार वक्ता रहेको सो वृहत सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले गरेका थिए । सम्मेलनमा नेपाललगायत अन्य देशका नागरिकहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

shares