Breaking News

काठमाडौंमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने

काठमाण्डौ, ११ चैत्र । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

प्रतिष्ठानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’ भन्ने मूल नाराकासाथ खुल्ला दोहोरी गीत प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । दोहोरी गीत प्रतियोगिता चैत १३ गतेदेखि १७ गतेसम्म भृकुटिमण्डपको पुष्प बगैंचामा हुने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको रक्षा र प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि खुल्ला दोहोरी गीत प्रतियोगिता गर्न लागेको बताए । उनले प्रतियोगितमा देशभरबाट ४० वटा समूहले भाग लिने र अन्तर-दोहोरी साँझ प्रतियोगितालाई रोकेर खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः १ लाख ५१ हजार १ सय रुपैयाँ, १ लाख १ हजार १ सय रुपैयाँ, ५७ हजार ७ सय ७७ रुपैयाँ र २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

shares