Breaking News

निर्वाचनको मिति तोक्ने अधिकार संसद निर्वाचन आयोगलार्इ दिनुपर्ने सुझाव

काठमाण्डौ, ११ चैत्र । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचनको मिति तोक्ने अधिकार संसद निर्वाचन आयोगलार्इ दिनुपर्ने सुझाव दिएको छ ।

आइतबार काठमाण्डौमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य निर्वाचनको मूल प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन सञ्चालनका क्रममा निर्वाचन आयोगले व्यहोर्नुपर्ने समस्याको न्यूनिकरणका लागि निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई हुनुपर्ने जनाएको हो ।

त्यस्तै निर्वाचनमा खटिएका कर्मचारी सुरक्षाकर्मी र प्रवासमा बस्ने नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले उपयुक्त कदम चाल्नुपर्ने नियोगले जनाएको छ । निर्वाचन सम्बन्धी हिंसामा संलग्न हुने वा निर्वाचन आचारसंहितको उलंघन गर्ने व्यक्तिहरूलाई दण्ड जरिवाना गर्न संसद र आयोगले उपयुक्त सँजाय पद्दतिको विकास गर्नुपर्नेमा नियोगले जोड दिएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचन हुने/नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।

नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले पर्यवेक्षकका उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने भन्दै नेपाल लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा रहेको कुरा विश्वलाई जानकारी हुनुपर्ने बताए ।

नियोकले निर्वाचन आयोगले सबै अनुमतिप्राप्त पर्यवेक्षकका लागि कानून र व्यवहार दुवैमा पूर्ण र अवरोधरहित पहुँचको सुनिश्चितता दिलाउनुपर्ने पनि जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य निर्वाचनको मूल प्रतिवेदन सार्वजनिक प्रधानमन्त्री केपी ओलीले गरेका हुन् ।

shares