‘डिलिट योर फेसबुक’ अभियान: कसरी चोरिन्छ तपाइँको गोप्य सूचना? जान्नुहोस्

काठमाण्डौ, ११ चैत्र । केही दिनअघि कसरी अमेरिकी राष्ट्रपतीय चुनावी अभियानको सिससिलामा लण्डनस्थित् भोटर प्रोफाइलिङ कम्पनी क्याम्ब्रिज एनालिटिकाले ५० मिलियन अमेरिकन मतदाताहरूको फेसबुकमार्फत् तथ्यांक चोरी गरेको घटना सार्वजनिक भएको थियो ।

सोही विषयलार्इ लिएर अहिले अमेरिका लगायत विश्वभरि नै ट्वीटरमार्फत् ह्यास ट्याग गरी ‘डिलिट योर फेसबुक’ (फेसबुक हटाउनुहोस्) अभियान सुरु भएको छ । गोप्य तथ्यांक चोरी भएको स्वीकार्दै फेसबुकका सीर्इअो मार्क जुकरबर्गले उक्त घटनाप्रति दुख व्यक्त गरिसकेका छन् ।

फेसबुक प्रयोगकर्ताहरूले फेसबुकमार्फत् अाफ्नो गोप्य सूचनाहरू बाहिरिन सक्ने हुनाले सोबारे सचेत हुनुपर्ने देखिएको छ । गोप्य सूचना लिक हुनबाट जोगिन फेसबुक खोलिसकेपछि अकाउंट सेटिंग बटनमा गर्इ ‘याड्स’ बटनमा क्लिक गरी अाफूले प्रयोग गरेका र हेरेका जानकारी लगायतका विविध जानकारी प्राप्त गर्न सकिन्छ ।

विज्ञापनदाताहरूमार्फत् डाटा चोरी भएको छ छैन भन्ने थाहा पाउन ‘सेटिंग’ बटन क्लिक गरी अन्तिममा देखिने ‘डाउनलोड अ कपी अफ फेसबुक डाटा’मा क्लिक गरेर थाहा पाउन सकिन्छ । तपाइँको फेसबुकले थाहा पाउने जानकारी सबै त्यहाँ थाहा पाउन सकिने कारण फेसबुक हटाउने अभियानमा साथ दिने वा निरन्तर फेसबुक चलाइरहने भन्ने अाफैंले एकीन गर्न सक्नुहुन्छ ।