Breaking News

चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

गुञ्जनराज गिरी/काठमाण्डौ, ११ चैत्र । काठमाण्डौमा अाज एक कार्यक्रमको अायोजना गरी नेपाली कथानक चलचित्र ‘लिलिबिली’को अर्को नयाँ गीत सार्वजनिक गरिएको छ ।

मिलन च्याम्प्सद्वारा निर्देशित चलचित्र ‘लिलिबिली’को सार्वजनिक भएको ‘हावासरि’ बोलको नयाँ गीतमा एस.डी. योगी र मेनुका पौडेलको स्वर रहेको छ भने संगीत स्वयम् एस.डी. योगीले गरेका हुन् । त्यस्तै, गीतको रचना दिपेन्द्र घिमिरेले गरेका हुन् ।

उक्त गीतमा प्रदिप खड्का र प्रियंका कार्कीलार्इ देख्न सकिन्छ भने सो गीतको भिडियोको छायांकन टर्कीको राजधानी इस्तानबुलमा गरिएको थियो । चलचित्रको छायांकन सुदिप बरालले गरेका हुन् । त्यस्तै, चलचित्रको निर्मातामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक स्वयम् च्याम्प्स रहेका छन् ।

चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाही, जसीता गुरुङ, सबिन श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्र यही चैत्र ३० गतेदेखि देशैभर प्रदर्शनमा अाउने निर्माण पक्षले जनाएको छ ।

shares