Breaking News

कर्णाली प्रदेश: फेसबुकमा प्रतिबन्ध लगाउनेबारे छलफल सुरु

काठमाण्डौ, ११ चैत्र । कर्णाली प्रदेशका सरकारी कार्यालयहरूमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहकार्य सुरु गरेका छन् ।

मुख्यमन्त्री शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउनेबारे आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरूलाई कार्यालयमै बोलाएर छलफल गरेका हुन् । छलफलपछि अबको केही दिनमै जनतासँग सरोकारवाला सरकारी कार्यालयहरूमा बिहान १० देखि ४ बजेसम्म फेसबुकमा रोक लगाइने मुख्यमन्त्री शाहीले बताए ।

फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रूपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गर्ने जनाएको छ । पत्र प्राप्त भएपछि सम्बन्धित कम्पनीहरूले कार्यालय समयभित्र फेसबुक नचल्ने व्यवस्था मिलाइदिने गरी छलफल भएको मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्री शाहीले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय समयमा फेसबुक बन्द गर्ने घोषणा गरेका थिए । उक्त कदमपछि विद्यालयहरूमा पनि फेसबुक चलाउन प्रतिबन्ध लगाउने तयारी भइरहेको उनले बताए ।

shares