Breaking News

मस्क र मार्कको जुहारी: फेसबुकको अालोचना बढ्दो, प्रयोग घट्दो

भानुभक्त बिष्ट/काठमाण्डौ,  ११ चैत्र । टेस्ला मोटर  एण्ड स्पेस एक्सप्लोरेन टेक्नोलोजिज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अाफ्नो रकेट कम्पनीको नाममा फेसबुक पेज भएको अाफूलार्इ थाहा नभएको गत शुक्रबार ट्वीटमार्फत् बताएका छन् । एक ट्वीटर प्रयोगकर्ताले उक्त पेज हटाउन अनुरोध गरेपछि उनले तत्काल हटाउने जवाफ दिएका थिए ।

अर्का एक प्रयोगकर्ताले टेस्लाको अाधिकारिक फेसबुक पेज पनि हटाउन अनुरोध गरेसँगै ‘टेस्लाज एण्ड स्पेसएक्स’को फेसबुक पेज तुरुन्त हटाइएको थियो । मस्क हाइ प्रोफाइल प्रविधिसम्बद्ध व्यक्तित्व अन्तर्गत पर्दछन् जो फेसबुक बहिस्कार गर्ने अाम सर्वसाधारणसँग एकाकार भएका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावको समय उम्मेद्वारा डोनल्ड ट्रम्पसँग मिलेर ५० मिलियन फेसबुक प्रयोगकर्ताको गोप्य सूचना चोरी गरेको अारोप फेसबुक कम्पनीलार्इ लागेपछि धेरैभन्दा धेरै फेसबुक प्रयोगकर्ताहरूले फेसबुक प्रयोग गर्न छाडेका छन् । त्यस्तै, उक्त समाचार बाहिरिएयता उक्त कम्पनीको शेयर मूल्यमा लगभग १२ प्रतिशतले कमी अाइसकेको देखिएको छ । अमेरिकी सांसदहरूले फेसबुकको सीर्इअो मार्क जुकरबर्गलार्इ संसदमा स्पष्टिकरण दिनसमेत अाग्रह गरेका छन् ।

शनिबार ट्वीट गर्दै मस्कले अाफूले कुनै राजनीतिक भाषा प्रयोग नगरेको र ट्वीटर प्रयोगकर्ताले उक्साएर फेसबुक पेज नहटाएको, बरु ‘अाफूूलार्इ फेसबुक मन नपर्ने’ पनि स्पष्ट पारेका छन् । गत वर्ष पनि जुकरबर्ग र मस्कबीच यस्तै किसिमको दोहोरी चलेको थियो । त्यतिबेला जुकरबर्गले मस्कको कृत्रिम प्राविधक क्षमताको अालोचना गर्दै भनेका थिए, “म यसबारे पटक्कै बुझ्दिन । यो पूरै नकारात्मक छ र कतिपय कारणले अनुत्तरदायी पनि ।”

मस्कले ट्वीटरमा लेख्दै जवाफ फर्काएका थिए, “मैले यसबारे मार्कसँग कुरा गरिसकेको छु । यो विषयमा उनको ज्ञान एकदमै सीमित र स‌ंकुचित छ ।”

सन् २०१६ मा फेसबुको भूउपग्रह बोकेको स्पेसएक्सको एउटा रकेट विष्फोट भएपछि मार्क जुकरबर्गले उक्त कम्पनीको प्रक्षेपण असफलताले अाफ्नो भूउपग्रहको नोक्सान भएकोप्रति दुख व्यक्त गर्दै यसले कैयौं व्यवसायी र सर्वसाधारणबीचको कनेक्टिभिटीलार्इ नष्ट गरेको अारोप लगाएका थिए ।

हाल एलन मस्क र मार्क जुकरबर्गबीच मात्र यो युद्ध नभर्इ फेसबुकप्रतिको विश्वसनीयतामा कमी अाएकोले फेसबुक प्रयोगकर्ताको संख्यामा भारी गिरावट अाएको छ भने फेसबुक कम्पनीको शेयर मूल्यमा पनि कमी अाएको छ । मार्कले गत एक हप्ताको समयावधिमा १० बिलियन डलर नोक्सान व्यहोरिसकेको तथ्यांकले देखाएको छ ।

भारतमा समेत भारतीय जनता पार्टीले फेसबुकका सीर्इअो मार्क जुकरबर्गसँगको साँठगाँठका कारण कांग्रेस अार्इले सन् २०१९ मा हुन गइरहेको लोकसभा चुनावको मत परिणामलार्इ प्रभावित पार्न सक्नेप्रति शंका व्यक्त गरेको छ । साथै यही अवस्था रहिरहे फेसबुकको प्रयोग पूर्णतः बन्द गर्ने चेतावनी दिइएको छ ।

 

shares