Breaking News

फेसबुक अकाउन्टबारे भाइरल ‘बीएफएफ’ म्यासेज ठट्यौली मात्रै

काठमाण्डौ, ११ चैत्र । फेसबुकका सीर्इअो मार्क जुकरबर्गको नाम उल्लेख  गर्दै फेसबुक अकाउंट ह्याक भए वा नभएको जाँच गर्न कमेन्टमा बीएफएफ लेख्न अनुरोधसहितको हाल भाइरल भइरहेको फेसबुक म्यासेज वास्तविक नभएको खुलेको छ ।

उक्त म्यासेजको कमेन्टमा बीएफएफ टाइप गर्दा हरियो रंगमा परिवर्तन भएमा अकाउंट सुरक्षित रहेको र रंग परिवर्तन नभर्इ कालो नै यथावत् रहेमा अकाउंट ह्याक भएको हुनसक्ने भनेर प्रचार गरिएको छ । साथै अकाउंट ह्याक भएको उक्त अवस्थामा तुरुन्त पासवर्ड परिवर्तन गर्न सुझाइएको छ ।

तर उक्त म्यासेजमा कमेन्ट गर्दा केही कमेन्टहरू फेसबुक अपडेटको कारण हरियो रंगमा परिवर्तन हुने गर्दछ । यस्तो म्यासेज वा स्ट्याटसहरू फेसबुक पेजमा देखिएमा यो केवल कसैले रमाइलोको लागि गरेको र यसलार्इ गम्भीर रूपमा नलिनसमेत अाग्रह गरिन्छ ।

 

shares