बुद्ध एयरको रात्रिकालीन उडान धनगढीबाट सुरु

कैलाली, ११ चैत्र । बुद्ध एयरले धनगढी विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेको छ ।

बुद्ध एयरले शनिबारबाट आफ्नै स्याटेलाइट प्रविधि प्रयोग गरेर रात्रिकालीन उडान सुरु गरेको हो ।

गत ७-८ महिना अघिदेखि परीक्षण उडान गर्दै आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि रात्रिकालीन उडान सुरु गरिएको बुद्ध एयर, धनगढीका प्रमुख बुधराम माझीले बताए ।

एयर ट्राफिक जामका कारण कहिलेकाँही उडान ढिलाई हुँदा राति उडान गर्नुपर्ने अवस्थामा अब उडान क्यान्सिल गर्नु नपर्ने माझीले बताए ।अब त्यस्तो कारणले बुद्ध एयरको उडान प्रभावित नहुने भन्दै उनले बेलुका उड्न नपाएको जहाज राति उड्ने प्रष्ट पारे ।