October 20, 2017

प्रहरीकाे गोली लागेर कालिकाेटमा राप्रपा उम्मेद्वारकाे मृत्यू, तीन जना घाइते

कालिकोट १ जेठ । अाइतबार साँझ कालिकाेटकाे नरहरिनाथ नगरपालिकामा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीचकाे झडपमा गोली लागेर घाइते भएका मध्ये एक जनाकाे मृत्यू भएकाे छ ।

झडपमा परी मृत्यू हुनेमा राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटाला रहेकाे प्रहरीले बताएकाे छ ।   नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मा वडाअध्यक्षका उम्मेदवार ४५ वर्षिय बटालालाई नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा हिजो भएको झडपमा प्रहरीले चलाएको गोली लागेको थियो ।

उहाँको शव पोस्टमार्टम गर्न सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम मान्म लगिएको छ । गोली लागेर घाइते भएका तीन जनालाई पनि सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत लगिएको छ ।

गोली लागि घाइते भएका नरहरीनाथ गाउँपालिकाकै दानबहादार बटाला र कुलबहादुर बटाला राप्रपा पार्टी निकट र व्यासी बिक माओवादी केन्द्र निकट रहेका प्रहरीले जनाएको छ ।