प्रविधीकाे विकासले मात्रै समृद्धि सम्भव : अर्थमन्त्री

काठमाण्डौ १० चैत्र । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नया प्रविधीमार्फत व्यवसायको आधार खडा गर्न सरकार तयार रहेको बताएका छन।

शनिबार भारतिय दुतावासले काठमाडौमा गरेको कार्यक्रममा प्राकृतिक स्रोतको उपयोग गर्न पनि नया नयाँ प्रविधी आवश्यक रहेको भन्दै खतिवडाले नयाँ प्रविधी मार्फत व्यवसायको आधार खडा गर्ने बताए ।

उनले प्रविधीको विकास मार्फत मुलुकको समृद्धि सम्भव भएको भन्दै उनले औधोगीक क्षेत्रमा पनि प्रविधीको महत्व उच्च भएको धारणा राखे । त्यस्तै मन्त्री खतिवडाले सूचना प्रविधीको क्षेत्रमा पनि नेपालले फड्को मारिरहेको भन्दै यसमा साझेदार देशको सहयोग अपरिहार्य भएको बताए ।

कार्यक्रममा नेपालका लागी भारतिय राजदूत मञ्जिबसिंह पुरीले नेपालमा आर्थिक विकासको सम्भावना निकै उच्च भएको भन्दै यसका लागी आवश्यक जनशक्ति , पुजी , श्रोत लगाएको सहि प्रयोग हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लगानीकर्ताहरुले व्यवसाय गर्ने वातावरण नेपालमा भएको भन्दै नविनतम प्रविधीको प्रयोगलाई सरकारले खुल्ला गर्नुपर्ने धारणा राखेका थिए ।