Breaking News

मुलुकको विकास गर्न सुशासन आवश्यक: गृहमन्त्री थापा

काठमाण्डौ, ९ चैत्र । गृहमन्त्री रामबहादुर थापाले मुलुक आर्थिक समृद्धिको बाटोतर्फ अघि बढेकाले मुलुकको विकास गर्न सुशासन आवश्यक रहेको बताएका छन् ।

गुल्मेली समाज र गुल्मेली अधिकृत समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा उनले मुलुकको अहिलेको आवश्यकता अनुसार विकासका लागि सुशासन अनिवार्य रहेको बताएका हुन् । उनले मुलुकको विकासमा भ्रष्टाचार बाधक हुन सक्ने भन्दै भ्रष्टाचारलाई निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकको आर्थिक विकासका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुने र यसका लागि अन्तराष्ट्रिय सहयोग चाहिने उल्लेख गरे । अन्तराष्ट्रिय स्तरमा नेपालीको गौरव बढाउन आफूले काम गर्ने उनको भनाइ छ ।

त्यस्तै श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मुलुकको आवश्यकताका आधारमा सरकारले लिएको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहको धारणा राखे । गुल्मेली समाज र गुल्मेली अधिकृत समाजले गृहमन्त्री, परराष्ट्र मन्त्री, श्रम मन्त्री तथा गुल्मीबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सम्मान गरेको थियो ।

shares