Breaking News

ट्रकले स्कुटरलाई ठक्कर दिंदा १ को मृत्यु

मकवानपुर, ९ चैत्र । मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ झाप्रे मेत्राङ खोला नजिक ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालककोे घटना स्थलमा नै मृत्यु भएको छ ।

स्कुटरमा सवार अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा थाहानगरपालिका वडा नम्बर ११ गैरीगाउँका सञ्जीब तितुङ रहेका छन् । त्यसैगरी घाइते हुनेमा सोही ठाउँका विकास घलान रहेका छन् । घाईते घलानको थाहानगर प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।

घाइते घलानको अवस्था भने सामान्य रहेको छ । काठमाण्डौबाट हेटौंडातर्फ आइरहको ना ६ ख २९०६ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प १२६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

shares