यी अभिनेत्रीले गरिन् सानो छँदा अभिभावकबाटै यौन शिकार भएको खुलासा

मुम्बर्इ, ९ चैत्र । सन् १९५० को दशकमा बलिउडमा बाल कलाकारको भूमिकामा देखिने डेजी र्इरानीले बाल्यकालमा अाफूमाथि भएको यौन हिंसाबारे खुलासा गरेकी छिन् ।

अभिनेता फरहान अख्तरकी ठूलीअामा ६५ वर्षीया डेजीले एक अन्तर्वार्ताको क्रममा ६० वर्ष पहिले अाफूमाथि बलात्कार भएको स्वीकार गरेकी हुन् । हाल विश्वमा चलिरहेको #MeToo (मि टु) अभियानको समर्थनमा बोल्दै उनले ६ वर्षको उमेरमा अाफ्नो गार्जियनले बलात्कार गरेको खुलासा गरेकी छिन् ।

उक्त घटना ‘हम पंछी एक डाल के’ को सुटिंगको सिलसिलामा होटेलको कोठामा घटेको उनले बताइन् । अभिभावकीय भूमिका निभाइरहेका नजर नामक अंकल पर्ने उक्त व्यक्तिले मद्रासस्थित होटेलको कोठामा अाफूलार्इ यौन शोषण गरेको, बेल्टले पिटेको र अरुलार्इ घटनाबारे भनेमा ज्यानसमेत मार्ने धम्की दिएको र्इरानीले खुलाइन् । उनले सोबारे पछिसम्म पनि कसैलार्इ भन्न नसकेको बताइन् ।

त्यस्तै, १५ वर्षको उमेरमा ‘मेरे हुजूर’ फिल्मको योजना बनाउँदै गरेका निर्माता मलिकचंद कोचरको घरमा पुग्दा उनले अाफूलार्इ सोफामा बसार्इ जथाभावी छुन थालेपछि उनको पञ्जाबाट उम्किएर भाग्न सफल भएको स्मरण गरिन् । उनले टिभी एवं ट्यालेन्ट शोहरूमा काम गर्ने बालिकाहरूका अभिभावक एवम् गुरुहरूले विशेष ध्यान पुर्याउनु पर्नेमा जोड दिइन् ।