सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ को मृत्यु

सिन्धुपाल्चोक, ९ चैत्र । काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना भएको छ ।

बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो यातायातको बस बाहुनेपाटी तामाखानी नजिकै दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

गम्भीर घाइते भएका ११ जनालाई उपचारको लागि मेलम्ची अस्पताल पुर्याइएको छ भने केहीलाई काठमाडौं लगिएको छ । बसमा करिब ४५ यात्रु रहेको अनुमान गरिएको छ ।