भूमिसुधार कार्यालय भक्तपुरका नायव सुब्वा भुजेल घुससहित अख्तियारको फन्दामा

भक्तपुर, ९ चैत । भूमिसुधार कार्यालय भक्तपुरका नायव सुब्वा कमल भुजेल घुस लिँदा लिदै पक्राउ परेका छन् ।
भुजेललाई सेवाग्राहीबाट घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको जग्गाको मोही नामसारी गरीदिने क्रममा सेवाग्राहीबाट १० हजार नगद लिदैं गर्दा बिराटनगर–४, मोरङ्ग स्थायी घर भई हाल बुढानिलकण्ठ–१०, काठमाडौंमा बस्दै आएका भुजेललाई आज दिउँसो तीन बजेतिर कार्यालय मै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेललाई अनुसन्धानका लागी अख्तियारले नियन्त्रणमा लिएको छ ।