Breaking News

चन्दा नदिदा बम विष्फोट, ७ बर्षिय बालक सहित ८ घाइते

जागेश्वर यादव/ लहान ९ चैत्र । सिराहाकाे लहान बजार स्थित एक सुनचाँदी पसलमा भएकाे बम बिस्फोटकाे जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) ले लिएकाे छ ।

माेर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै विष्फोटनकाे जिम्मा लिएका हुन । गोइत लामाे समय देखि भुमिगत रुपमा हिंसात्मक गतिविधि गर्दै अाएका छन ।

गाेइत समूहले यस अघि पनि सिराहमा पटक पटक बम विष्फोटनका घटना गराउदै अाएकाे छ ।  गोइतले अाफ्नाे समूह चरम अार्थिक संकटमा रहेकाेले चन्दा संकलन अभियानमा रहेकाे हुदा चन्दा नदिने र चन्दा माग्न गएका कार्यकर्ताहरुलाई पक्राउ गराउनेहरुकाे विरुद्दमा बम विष्फोटनकाे कार्वाही गर्नु परेकाे विज्ञप्तीमा उल्लेख गरेका छन ।

लहानमा सुनचाँदी को लागि अति व्यस्त व्यापारिक केन्द्र  मानिने दुर्गा मन्दिर को पश्चिम् पट्टी रहेको विकास ट्रेडर्समा अाज मध्यान्ह भएकाे कुकर बम बिस्फोटमा घाइते भएका ८ जना  मध्ये एक जना ७ वर्षका एक बालक पनि छन ।

विष्फोटनबाट घाइते विकास शारडा सहित उनका भाइ राहुल शारडा, स्टाफहरु अस्मिता चौधरी, बिनिता चौधरी त्यसैगरी मझौरा घर भएको एक ग्राहक सिकिन्द्र यादवका ७ वर्ष का छोरा सतिस यादव र पत्नी देव कुमारी यादव को उपचार लहानकाे सप्तऋषी अस्पताल मा भईरहेको छ।

त्यसैगरी माधोपुर का बविता यादव र सप्तरी सुरुङ्गा नगरपालिका ६ का मोनिका देवी राम को उपचार लाहान स्थित रा. उ. मु अस्पतालमा भईरहेको छ ।

shares