Breaking News

‘पिण्डेश्वर शिव-लक्ष्मी धाम’ले बर्दियामा पाँच दिने ‘शिव साधना’ शिवीरकाे अायोजना गर्दै

बर्दिया ९ चैत्र । ‘पिण्डेश्वर शिव-लक्ष्मी धाम’ बर्दिया शाखाकाे अायोजनामा अागामी बैसाख २८ गते देखि पाँच दिने  ‘शिव साधना’ शिवीरकाे अायोजना हुने भएकाे छ ।

साधना शिवीरकालागि बर्दिया शाखाका सम्पूर्ण सदस्यहरु तयारीमा जुटेकाे उपाध्यक्ष ज्ञानुमाया रिजालले बताइन । शिवीर अावाशिय हुने भएकाले पाँच दिनसम्मकाे लागि खाना र बस्नकाे उचित प्रबन्ध तर्फ ध्यान पुर्याइएकाे उपाध्यक्ष रिजालकाे भनाई छ ।

संकटमाेचन स्वरुप मदन बाबाकाे सानिध्यतामा अायोजना हुने यस शिवीरमा साधकहरुले, ध्यान, जप, अाराधना ,भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाउने अपेक्षा अायोजकले गरेकाे छ ।

बर्दियाकाे मधुवन नगरपालिकाकाे काेठियाघाटस्थित शिव मन्दिरकाे प्राङ्गणमा हुने यस शिवीरमा करिब १ हजार साधकहरुकाे सहभागिता रहने विश्वास गरिएकाे छ।

shares