Breaking News

ताली बजाएरै ९ वर्षे बालकको विश्व किर्तिमान (भिडियोसहित)

काठमाण्डौ, ९ चैत्र । अमेरिकाका नौ वर्षीय एक बालकले एक मिनेटमा १०८० पटक ताली बजाएर गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन् ।

फ्लोरिडा निवासी सेवन वेडले एक मिनेटमा १०८० पटक ताली बजाएका हुन् । यसअघि एक मिनेटमा १०२० चोटि ताली बजाएर यो कीर्तिमान एली बिशपले राखेका थिए ।

रमाइलो कुरा त सेवनले गिनिज बूकको यूट्यूब च्यानलमा भएको एलीको भिडियो हेरेर एक मिनेटमा अधिकतम ताली बजाउने अभ्यास गरेका थिए । अन्ततः उनले नै एलीको नाममा रहेको उक्त रेकर्ड तोडिदिए ।

सेवनका पिताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सेवनले भिडियो हेरेपछि रेकर्ड तोड्ने जिद्दी गरेका थिए । उनी यसको दिनहुँ अभ्यास गर्थे । आधिकारिक रूपमा यो कीर्तिमान तोड्नका लागि बेस्सरी अभ्यास गर्नुपर्छ भनी हामीले उसलाई बताएका थियौं ।” – एजेन्सी

भिडियो हेर्नुहोस्-

shares